


दमौली, २७ माघ । नेपाली क्रिकेटका पूर्व कप्तान तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार ज्ञानेन्द्र मल्लले व्यास गुफा क्षेत्रलाई विश्वस्तरीय पर्यटकीय पूर्वाधार र प्रविधिमैत्री प्रचारले सजाउन सके यसले नेपालको ‘धार्मिक पर्यटन’लाई शीर्ष गन्तव्य बनाउने सामर्थ्य राख्ने बताएका छन् ।
मंगलबार बिहान व्यास गुफा परिसर पुगेर मल्लले संसारलाई चार वेद र १८ पुराणको दिव्य प्रकाश दिने महर्षि वेद व्यासको तपोभूमिलाई विश्वमाझ चिनाउनुपर्ने बताएका छन् । दमौली मल्लको मावली हो ।