तनहुँमा रास्वपाको चुनावी अभियान सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा रास्वपाको चुनावी अभियान सुरु

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०८२, सोमबार

    दमौली, ४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले सोमबार दमौलीबाट चुनावी अभियान सुरु गरेका छन् ।

    सोमबारदेखि निर्वाचन आयोगले औपचारिक रूपमा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्न अनुमति दिएसँगै रास्वपाले दमौलीबाट चुनावी गतिविधि सुरु गरेको हो । सोही क्रममा डा. वाग्ले समर्थक तथा कार्यकर्तासँग भेटघाट गर्दै चुनावी माहोल तताएका हुन्।

    निर्वाचन आयोगको समयसीमाभित्र रहेर सभासम्मेलन, घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीव्रता दिने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ।