


दमौली, ७ फागुन । जेसीआई व्यास नगरको ३२औँ स्थापना दिवस तथा प्रजातन्त्र दिवसको अवसरमा जेसिज धारा सरसफाई एवं प्रदेश अस्पतालमा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत प्रदेश अस्पताल दमौलीमा उपचाररत ४० जना बिरामीलाई फलफूल तथा जुस वितरण गरिएको जेसीआई व्यास नगरका अध्यक्ष सुदीप नागिलाले जानकारी दिए । वितरण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमला मोहन वाग्ले तथा मेसु डा. परिवर्तन बरालको उपस्थिति रहेको थियो।
सोही क्रममा एक जना बिरामीको आर्थिक अवस्था कमजोर रहेको र थप उपचारका लागि पोखरा लैजानुपर्ने अवस्था देखिएकाले जेसिआई व्यासनगरका सदस्यहरूबाट रु ८ हजार ५ सय आर्थिक सहयोग संकलन गरिएको महासचिव प्रताप पण्डितले जानकारी दिए । बिरामीलाई दमौलीबाट पोखरा स्थानान्तरण गर्न जेसिआई व्यासनगरको सहजीकरणमा एम्बुलेन्स सेवा समेत व्यवस्था गरिएको थियो।