


दमौली, ८ फागुन । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले राष्ट्रपतिको जन्मगाउँ व्यास नगरपालिका–८ रिस्तीमा मतदातासँग संवाद गर्दै राष्ट्रपतिले प्रारम्भ गरेका अधुरा विकास योजना सम्पन्न गर्ने जिम्मेवारी आफ्नो भएको बताएका छन् ।
उनले “राष्ट्रपतिले थालेका योजना बीचमै रोकिनु हुँदैन, ती सबै पूरा गर्नु मेरो दायित्व हो,” भन्दै संकटका बेला काम गर्न सक्ने परिपक्व शक्ति नेपाली काँग्रेस मात्र भएको दाबी गरे । बदलिएको कांग्रेसले नै देशलाई सही दिशा दिन सक्ने उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालको प्रभावमा नपरी विवेकपूर्ण निर्णय गर्न मतदातालाई आग्रह गरे ।
भट्टराईले पार्टी सभापति गगन थापा को नेतृत्वलाई उदाहरण दिँदै अनुभव र युवा ऊर्जाको संयोजनले कांग्रेसलाई थप सशक्त बनाएको धारणा राखे ।
