धादिङमा दुर्घटनाग्रस्त बसमा तनहुँका पनि सवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    धादिङमा दुर्घटनाग्रस्त बसमा तनहुँका पनि सवार

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०८२, सोमबार

    धादिङ, ११ फागुन । पोखराबाट काठमाडौँ आउँदै गर्दा १८ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको बस माछापुच्छ्रे ट्राभल्सको भएको खुलेको छ । बसमा सुरुमा ४३ यात्रु रहेको, तिनमा शुरुमा १७ जनाको मृत्यु भएको र बाँकी घाइतेको उद्धार भएको बताइएको छ । धादिङका एसपी सुमित खड्काले बस दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

    बसमा मुग्लिनबाट २ जना वा ३ जना चढेकोबारे यकिन नभएको प्रहरीले बताएको छ । बसमा सवारको प्रारम्भिक विवरण आए पनि घाइते र मृतकको पहिचान हुन सकेको छैन ।

    आज बिहान करिब १ः३० बजे ग१ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट सडकबाट ३ सय मिटर तल त्रिशूली नदीमा खसेको हो । उक्त बसमा तनहुँका पनि रहेका छन् ।