रवि र बालेन्द्रको आज तनहुँ सडक यात्रा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रवि र बालेन्द्रको आज तनहुँ सडक यात्रा

    खबरपुञ्ज संवाददाता

    १४ फाल्गुन २०८२, शुक्रबार

    दमौली, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले आज तनहुँमा सडक यात्रा गर्ने भएका छन्।

    निर्धारित कार्यक्रमअनुसार दिउँसो ३ बजे मुग्लिङ पुलबाट सडक यात्रा सुरु हुनेछ। त्यसपछि ३:१५ बजे आँबुखैरेनी, ४ बजे डुम्रे, ४:३० बजे दमौली हुँदै ५:३० बजे दुलेगौडामा पुगेर कार्यक्रम समापन गरिने सो पार्टीले जनाएको छ ।

    सडक यात्राका क्रममा विभिन्न स्थानमा स्थानीय सर्वसाधारणसँग भेटघाट तथा संक्षिप्त सम्बोधन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।