


काठमाडौँ, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन् ।
आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीलाई नौ हजार ९१ मतान्तरले पछि पार्दै ३० वर्षीया न्यौपाने निर्वाचित भएकाे मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिए ।
कांग्रेसका थापा क्षेत्रीले छ हजार ३६४ मत प्राप्त गरे । सो क्षेत्रमा २९ हजार ७७४ मत खसेकामा २९ हजार ८२ सदर र ६९२ मत बदर भएको थियो ।