झापा ५ मा ओलीलाई हराउँदै बालेन साह विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    झापा ५ मा ओलीलाई हराउँदै बालेन साह विजयी

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०८२, शनिबार

    झापा, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराएका छन् ।

    बालेनले ६८ हजार ३ सय ४८ मत पाउँदा ओलीले १८ हजार ७ सय ३४ मत ल्याएका छन्।

    उनीहरूबीच धेरै ठूलो मतान्तर रह्यो।

    एमाले अध्यक्ष ओली झापामा दोस्रो पटक पराजित भए। २०६४ को पहिलो सविधानसभा चुनावमा तत्कालीन नेकपा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका ओली यसपटक रास्वपाका बालेनसँग पराजित भएका हुन्।