


काठमाडौ, २५ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमार्फत् कुराकानी गरेका छन् ।
उनले दुवै नेतालाई निर्वाचनमा प्राप्त विजय तथा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको उल्लेखनीय सफलताका लागि हार्दिक बधाई दिएका छन् । साथै नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै भारतले नेपालसँग आपसी समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री मोदीले संयुक्त प्रयासमार्फत् आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्ध अझ नयाँ उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।
