


दमौली, २७ फागुन । तनहुँ-२ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका शंकर भण्डारीले निर्वाचन खर्च विवरण बुझाएका छन् । भण्डारीले बुधबार प्रतिनिधि सन्तोष घिमिरेमार्फत् निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका हुन् ।
भण्डारीले १८ लाख २ हजार ५ सय ४६ को विवरण बुझाएका हुन् । विवरण अनुसार गाडी प्रयोगमा २ लाख ५१ हजार ५६, मनोनयन दर्तामा १० हजार, स्टेशनरी सामग्री खरिदमा ९ हजार ४ सय ६०, कर्मचारी तथा स्वंयसेवक खाना खाजामा ८४ हजार २ सय ९५ खर्च भएको छ ।
यस्तै झण्डा, व्यानर, छपाईमा ३ लाख ४९ हजार ७ सय ३५, उम्मेदवार सहितको गाडी प्रयोगमा ३ लाख ५० हजार, अन्य खर्चमा ७ लाख ५० हजार खर्च भएको जनाइएको छ ।
