पशुपति आर्यघाटमा ओलीका बुवाको अन्त्येष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पशुपति आर्यघाटमा ओलीका बुवाको अन्त्येष्टि

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०८२, शुक्रबार

    काठमाडाै, २९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको पार्थिक शरीरको अन्त्येष्टि गरिएको छ।

    शुक्रबार पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको ओली सचिवालयले जानकारी दिएको छ। मोहन प्रसादको ९७ वर्षको उमेरमा शुक्रबार बिहान ३ बजे भक्तपुर गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा निधन थियो।

    सचिवालयका अनुसार अध्यक्ष ओलीका बुवा केही दिनदेखि अस्वस्थ थिए। उनी छोरीको घरमा बस्दै आएका थिए। शारीरिक अवस्था जटिल भएपछि आज बिहान अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।