


म्याग्दी, २९ फागुन । म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले दाताहरुबाट संकलित रकमको खर्च विवरण सार्वजनिक गरेका छन्।
पुनका अनुसार दाताहरुले दिएको पैसाबाट चुनावी अभियान सञ्चालन गर्दा रु. २८ लाख ६८ हजार ८६८ खर्च भएको छ भने बैंकमा अझै रु. २७ लाख ६९ हजार २५ बाँकी रहेको छ।
उनले बाँकी रकम पाँच वर्षका लागि बेनीमा आफ्नो सम्पर्क कार्यालय सञ्चालन गर्न खर्च गरिने बताएका छन्। सो कार्यालयमार्फत स्थानीय नागरिकलाई आवश्यक समन्वय तथा सामान्य सहयोग उपलब्ध गराउने योजना रहेको उनको भनाइ छ।
पुनले चुनावअघि नै दाताको रकम पारदर्शी रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।