वाचापत्र कार्यान्वयनमा जोड: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै सुशासनदेखि समृद्धिसम्मको प्रतिबद्धता दोहोर्‍याए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वाचापत्र कार्यान्वयनमा जोड: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै सुशासनदेखि समृद्धिसम्मको प्रतिबद्धता दोहोर्‍याए

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०८२, शुक्रबार

    काठमाडौं, १३ चैत । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन्। पदभार सम्हाल्दै उनले निर्वाचनताका सार्वजनिक गरिएको वाचापत्रमा उल्लेखित मुख्य प्राथमिकताहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

    मन्त्री वाग्लेले सुशासन, मध्यमवर्गको विस्तार, रोजगारी सिर्जना, कनेक्टिभिटी विकास र प्रवाससँगको सहकार्यलाई अर्थतन्त्र सुधारका प्रमुख आधारका रूपमा अघि बढाउने बताएका छन्। उनले यी नीतिहरूलाई केवल सैद्धान्तिक तहमा सीमित नराखी व्यवहारिक कार्यान्वयनमार्फत परिणाममुखी बनाउने स्पष्ट पारे।

    उनका अनुसार देशको आर्थिक संरचनालाई बलियो बनाउँदै निजी क्षेत्रको विश्वास पुनःस्थापित गर्ने, लगानीमैत्री वातावरण सिर्जना गर्ने तथा युवाहरूलाई स्वदेशमै अवसर प्रदान गर्ने दिशा सरकारले लिनेछ। साथै, प्रवासमा रहेका नेपालीको सीप, पूँजी र अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्ने नीति पनि अघि बढाइने उनले बताए।

    अर्थमन्त्री वाग्लेले दिगो आर्थिक वृद्धि, पारदर्शिता र उत्तरदायित्वमार्फत मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने आफ्नो लक्ष्य रहेको उल्लेख गरे।