अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ: अर्थमन्त्री वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ: अर्थमन्त्री वाग्ले

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०८२, मंगलवार

    काठमाडौँ, १७ चैत । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग मङ्गलबार भएको भेटमा उनले अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्न हातेमालो गर्न सरकार तयार रहेको बताए।

    अर्थमन्त्री डा वाग्लेले राज्यले निजी क्षेत्रलाई उद्यम विकास र विस्तारका लागि आवश्यक सहजीकरण गर्ने स्पष्ट पार्दै देश निर्माणमा सबै पक्षले साझा जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए ।