पालिकास्तरीय भलिबलः पुरुषतर्फको उपाधि शुक्लागण्डकी र महिलाको उपाधि देवघाटलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पालिकास्तरीय भलिबलः पुरुषतर्फको उपाधि शुक्लागण्डकी र महिलाको उपाधि देवघाटलाई

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०८३, बुधबार

    दमौली, २ वैशाख । व्यास नगरपालिकाको ३४ औं स्थापना दिवसका अवसरमा आयोजित अन्तरजिल्ला पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ शुक्लागण्डकी नगरपालिका र महिलातर्फको उपाधि देवघाट गाउँपालिकाले जितेको छ ।

    आज सम्पन्न फाइनल खेलमा पुरुषतर्फ भिमाद नगरपालिकालाई पराजित गर्दै शुक्लागण्डकी नगरपालिकाले उपाधि जितेको हो । शुक्लागण्डकीले भिमादलाई ३–१ सेटले पराजित गरेको हो ।

    यस्तै महिलातर्फ देवघाट गाउँपालिकाले घिरिङ गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको हो ।

    पुरुषतर्फको विजेता शुक्लागण्डकी नगरपालिकालाई नगद रु एक लाख, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । उपविजेता बनेको भिमाद नगरपालिकाले नगद रु ७५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

    महिलातर्फको विजेता देवघाट गाउँपालिकाले नगद रु ७५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता घिरिङ गाउँपालिकाले नगद रु ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

    प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ सात पालिकाको सहभागिता रहेको थियो । प्रतियोगिता सोमबारदेखि सुरु भएको हो ।

    विजेतालाई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, वडाध्यक्ष एवं नगर खेलकुद विकास समितिका संयोजक जीवन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।