इरानको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इरानको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०८३, बुधबार

    काठमाडाै, २ वैशाख । इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको पुष्टि परराष्ट्र मन्त्रालयले गरेको छ।

    मन्त्रालयका अनुसार झा रिहा भएको जानकारी औपचारिक रूपमा प्राप्त भइसकेको छ र अब आवश्यक कूटनीतिक तथा प्रशासनिक प्रक्रिया अघि बढाइनेछ।

    झाको रिहाइबारे उनका परिवारजनलाई पनि सरकारी निकायमार्फत जानकारी गराइएको छ। केहीबेरअघि मात्रै आफूहरूले झा रिहा भएको खबर पाएको परिवार स्रोतले बताएको छ ।

    अमृत झा इजरायल–अमेरिका र इरानबीच तनाव चर्किनुअघि इन्धन ल्याउने काममा इरान पुगेका थिए । दुबईस्थित एक पानीजहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत उनी तेल बोकेर फर्किने क्रममा इरानी सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए ।

    करिब दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका झा ‘ब्ल्याक सी मरिन एलएलसी’ नामक कम्पनीको जहाज सञ्चालन गर्दै आएका थिए ।