सरकारी अस्पतालमा अब शनिबार र आइतबार ओपीडी सेवा बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकारी अस्पतालमा अब शनिबार र आइतबार ओपीडी सेवा बन्द

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०८३, बिहीबार

    काठमाडौ, ३ वैशाख । स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको चर्को दबाबपछि सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    सरकारको निर्णयसँगै अब देशभरका सरकारी अस्पतालहरूमा शनिबार र आइतबार नियमित ओपिडी सेवा बन्द रहनेछ । तर, आकस्मिक तथा अन्तरंग (इनडोर) सेवाहरू भने पहिलेझैँ २४ सै घण्टा सञ्चालनमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।