


काठमाडौ, ४ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को अवसरमा सम्पूर्ण आमाहरूप्रति सम्मान व्यक्त गरेका छन् । उनले “म नेपाल आमा हाँसेको हेर्न चाहन्छु” भन्ने उद्घोषसहित मातृभूमि र आमाको महत्त्वलाई उजागर गरेका हुन्।
शाहले आफ्नो सन्देशमा “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” उद्धृत गर्दै माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने उल्लेख गरेका छन्। माताको काखलाई न्यानो आश्रय र उनका चरणलाई तीर्थसरह पवित्र भन्दै उनले आमाको माया, त्याग र समर्पणप्रति कृतज्ञता व्यक्त गरे।
उनले मातातीर्थ औँसीको पावन अवसरमा सम्पूर्ण आमाहरूको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै सन्तानहरूले आफ्ना कर्ममार्फत आमालाई सधैं खुसी राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।
“जीवनको पहिलो गुरु आमा हुनुहुन्छ, उहाँप्रतिको सम्मान र ममता सधैं उच्च रहनुपर्छ,” उनले भनेका छन्।