देउवा पूर्णबहादुरको रिट खारेज, गगन पक्षलाई मान्यता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देउवा पूर्णबहादुरको रिट खारेज, गगन पक्षलाई मान्यता

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०८३, शुक्रबार

    काठमाडौ, ४ वैशाख । सर्वोच्च अदालतले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन भएको केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णय बदर गराई पाऊँ भन्ने मागसहित शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले रिट दायर गरेका थिए ।

    सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले शुक्रबार यस्तो आदेश जारी गरेको हो ।

    बिहीबारदेखि नै शुरू भएको सुनुवाइ शुक्रबार सकिएर आदेश आएको हो ।