


चितवन, २३ वैशाख । चितवनमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–७, बुद्धचोकस्थित एक अटो पसलमा काम गर्ने युवकको चक्कु प्रहारबाट मृत्यु भएको हो ।
मंगलबार राति अन्दाजी ११ः५० बजेको समयमा अज्ञात व्यक्तिले सम्भव अटो पसलमा काम गर्ने ३० वर्षीय आशिष खनालमाथि धारिलो हतियार (चक्कु) प्रहार गरेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो।