


दमौली, २६ वैशाख । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा आजदेखि दमौलीमा सुरु गण्डकी प्रदेश स्तरीय महिला पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ पर्वत जिल्लाले विजयी सुरुवात गरेको छ ।
कास्कीलाई २-० सेटले हराउँदै पर्वतले पहिलो खेल जितेको हो ।
यस्तै महिलातर्फ गोरखाले मनाङलाई पराजित गरेको छ ।
प्रतियोगितामा पुरुषतर्फ १० जिल्ला र महिलातर्फ ११ जिल्लाको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।