सामाजिक अभियान्ता गफ्फारद्वारा जन्मदिनमा गौ संरक्षण केन्द्रमा सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सामाजिक अभियान्ता गफ्फारद्वारा जन्मदिनमा गौ संरक्षण केन्द्रमा सहयोग

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०८३, शनिबार

    दमौली, २६ वैशाख । सामाजिक अभियान्ता सुदीप गफ्फारले शनिबार जन्मदिनको अवसरमा व्यास-१० स्थित गौ संरक्षण केन्द्रमा गाईहरुलाई चोकर खुवाएका छन् ।

    जन्मदिनमा फजुल खर्च नगरी सामाजिक काम गर्ने लक्ष्य सहित उनले केन्द्रमा रहेका गाईहरुलाई चोकर सहयोग गरेका हुन् ।

    गफ्फारले जन्मदिनलाई केवल व्यक्तिगत खुसीको रूपमा नभई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनुपर्ने सन्देश दिन आफूले यस्तो कार्य गरेको बताए । उनले मानवीय सेवा र जीवजन्तुप्रतिको दायित्वलाई सबैले आत्मसात गर्नुपर्ने धारणा व्यक्त गरे ।

    गौ संरक्षण केन्द्रमा आश्रित गाईहरुको संरक्षण तथा पालनपोषणका लागि विभिन्न व्यक्तिहरूबाट हुने सहयोगले ठूलो राहत पुग्ने व्यास-१० का पूर्व वडाध्यक्ष तुल्सीराम सापकोटाले बताए । गफ्फारको सहयोगले सकारात्मक सन्देश दिएको भन्दै उनले प्रशंसा गरेका छन् ।

    सामाजिक कार्यमा सक्रिय गफ्फार यसअघि पनि रक्तदान, बिरामीलाई अस्पताल पुर्‍याउने, खाद्यान्न सहयोगलगायत विभिन्न मानवीय सेवामा सक्रिय रहँदै आएका छन् ।