


काठमाडौ, २८ वैशाख । काठमाडाैंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजकाे पांग्रामा आगो लागेको छ । विमानमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।
विमानस्थल बन्द भएपछि अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अहिले उडान अवतरण बन्द भएकाे बताए । उनले भने, ‘अहिले उडान अवतरण बन्द छ, जहाजलाई धावनमार्गबाट ट्याक्सीवेमा लगेर यात्रुको उद्धार हुँदैछ ।’