‘मकै बारी दराम दराम’ गायिका ३.२५ जीपीए ल्याएर एसइईमा उत्तीर्ण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘मकै बारी दराम दराम’ गायिका ३.२५ जीपीए ल्याएर एसइईमा उत्तीर्ण

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८३, मंगलवार

    काठमाडौँ, २९ वैशाख । ‘मकै बारी दराम दराम’ जस्ता चर्चित लोक दोहोरी गीतका माध्यमबाट दर्शकको मन जित्न सफल गायिका सुष्मा शाही ठकुरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्साहजनक सफलता हासिल गरेकी छन् ।

    तनहुँको शुक्लागण्डकी नगरपालिका स्थायी घर भएकी शाहीले ३.२५ जीपीए प्राप्त गर्दै विद्यालय तहको शिक्षा पूरा गरेकी हुन् ।

    काठमाडौँको चाबहिलस्थित सगरमाथा स्कुलमा अध्ययन गरेकी उनले कपनस्थित दीक्षालय स्कुल केन्द्रबाट परीक्षा दिएकी थिइन् । उनका लागि यो सफलता केवल शैक्षिक उपलब्धि मात्र नभई १४ वर्ष लामो समयदेखिको अधुरो सपनाको साकार रूप पनि हो ।