


काठमाडौ, ४ जेठ । एमालेले १० औँ महाधिवेशन अगाडि अस्वीकार भएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीगत सदस्यता स्वीकार गर्ने निर्णय गरेको छ।
सोमबार बसेको पार्टीको सचिवालय बैठकले यस अगाडि अस्वीकृत भएको भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो।
एमाले केन्द्रीय सचिवालयको ११ महिना अगाडिको बैठकले भण्डारी राष्ट्रपति जस्तो सम्मानित पदमा पुगिसकेको भन्दै उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो।
१० औँ महाधिवेशनमा भण्डारीले केपी शर्मा ओलीलाई पार्टीको नेतृत्वमा चुनौती दिने तयारी गरेकी थिइन्। उनको सदस्यता अस्वीकृत भएपछि भण्डारीको समूहबाट ईश्वर पोखरेलले ओलीलाई चुनौती दिएका थिए। तर उनी पराजित भए।