गुरुङ-मगर सांस्कृतिक एकता समाजमा मनराज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    गुरुङ-मगर सांस्कृतिक एकता समाजमा मनराज

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८३, सोमबार

    दमौली, ११ जेठ । गुरुङ–मगर सांस्कृतिक एकता समाज शुक्लागण्डकी, तनहुँको सातौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट मनराज गुरुङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।

    २०५६ सालमा स्थापना भएको संस्थाले २७ औं बसन्त पार गरेको छ । कार्यक्रममा गुरुङ तथा मगर समुदायका अगुवा, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा द्वय याम बहादुर आले र जित बहादुर गुरुङ चयन भएका छन्। त्यसैगरी सचिवमा अमरराज थापा, सहसचिवमा मोतिराज गुरुङ, कोषाध्यक्षमा कृष्णा कुमारी थापा र सह कोषाध्यक्षमा डिल बहादुर गुरुङ चयन भएका छन्।

    सदस्यहरूमा पूर्णबहादुर आले, पदमबहादुर राना, प्रतिभा गुरुङ, विष्णु बहादुर थापा, नौमाया गुरुङ, फत्तबहादुर पुन मगर, शिवराज गुरुङ, गोमाया थापा, विष्णुमाया गुरुङ, खुमबहादुर थापा, श्रीराम राना, एपोलो थापा, केशबहादुर थापा र शोभा गुरुङ चयन भएका छन ।

    कार्यक्रममा समाजका पुर्व पदाधिकारी, अग्रज तथा महत्वपुर्ण योगदान गर्ने व्यक्तित्वहरुलाइ सम्मान गरेको छ ।
    समाजको अगुवाइमा शुक्लागण्डकी -८ एक्लेडाडामा बुद्व प्रतिमा निर्माण भइ रहेको छ ।

    अधिवेशनले गुरुङ र मगर समुदायबीचको आपसी सद्भाव, सांस्कृतिक एकता तथा परम्परागत कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समाजले खेलेको योगदानको उच्च प्रशंसा गरेको छ। साथै आगामी दिनमा समुदायको पहिचान, भाषा, संस्कृति र सामाजिक एकतालाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।