विपक्षीले नाराबाजी नछाडेपछि संसद् बैठक २५ गतेसम्मका लागि स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विपक्षीले नाराबाजी नछाडेपछि संसद् बैठक २५ गतेसम्मका लागि स्थगित

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८३, मंगलवार

    काठमाडौं, १९ जेठ । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकको वेलमा नाराबाजी नरोकपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको घोषणा दिए ।

    दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा अहिले विपक्षी दलहरू उठेर विरोध गरेका थिए । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजेमात्रै सुरु भएको थियो ।

    त्यसपछि सभामुखले विपक्षी दलका केही सांसदहरूलाई आफ्नो धारणा राख्न दिए । उनीहरूले धारणा राखे पनि ।