रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँदिल्लीमा भेटवार्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँदिल्लीमा भेटवार्ता

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०८३, बुधबार

    काठमाडौ, २० जेठ । सत्तारुढ दल रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।  पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेको नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन्।

    null

    भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय विदेश मन्त्री डा. एस जयशंकर समेत उपस्थिति रहेको छ। ५ दिने भ्रमण टोलीमा लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री एवम् सांसद् विपिन आचार्य, सचिवालय सदस्य एवम् सांसद् दीपक बोहोरा र प्रदीप आचार्य छन्।

    भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा लामिछानेको नेतृत्वमा रास्वपाको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ। लामिछाने भारतीय मन्त्री एवं सत्तारूढ दलका शीर्ष नेताहरूसँगको भेटवार्तामा व्यस्त छन्।