दमौलीमा फुटबल मैदान निर्माणका लागि रु. २ करोड बजेट विनियोजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    दमौलीमा फुटबल मैदान निर्माणका लागि रु. २ करोड बजेट विनियोजन

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८३, बिहीबार

    दमौली, २१ जेठ । व्यास नगरपालिका–३ स्थित फुटबल मैदान निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत रु २ करोड विनियोजन गरेको छ।

    लामो समयदेखि स्थानीय खेलप्रेमी युवा तथा खेलकुदकर्मीहरूले माग गर्दै आएको उक्त योजना बजेटमा समावेश भएपछि दमौलीका युवाहरूमा उत्साह थपिएको छ। मैदान निर्माण सम्पन्न भएपछि फुटबललगायत विभिन्न खेल गतिविधिहरू सञ्चालन गर्न सहज हुने, खेलाडी उत्पादनमा टेवा पुग्ने तथा युवाहरूको प्रतिभा र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

    आधुनिक सुविधासहितको खेल मैदान निर्माणले व्यास नगरपालिकाको समग्र खेलकुद क्षेत्रको विकासमा समेत सकारात्मक प्रभाव पार्नेछ। यसले स्थानीय तथा क्षेत्रीय स्तरका प्रतियोगिताहरू आयोजना गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको रास्वपा जिल्ला सभापति विश्व बास्तोलाले बताए ।

    वर्षौंदेखि युवाहरूको सपनाका रूपमा रहेको फुटबल मैदान निर्माणका लागि बजेट सुनिश्चित भएकोमा खेलप्रेमी युवाहरूले खुसी व्यक्त गरेका छन्। साथै योजना कार्यान्वयनका लागि पहल गरी बजेट विनियोजन गरिदिएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई धन्यवादसमेत व्यक्त गरिएको छ।