आगामी नगरसभाबाट व्यास नगरपालिकालाई छुवाछुतमुक्त घोषणा गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आगामी नगरसभाबाट व्यास नगरपालिकालाई छुवाछुतमुक्त घोषणा गरिने

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८३, बिहीबार

    दमौली, २१ जेठ । व्यास नगरपालिकाले आगामी नगरसभामार्फत नगरलाई छुवाछुतमुक्त नगरपालिका घोषणा गर्ने तयारी गरेको छ ।

    जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८३ को अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकालाई छुवाछुतमुक्त घोषणा गर्ने निर्णय आगामी नगरसभाबाट पारित गरिने जानकारी दिए।

    प्रमुख न्यौपानेले कानुनी तथा नीतिगत घोषणा मात्र नभई यसको प्रभावकारी कार्यान्वयनमा समेत विशेष ध्यान दिइने बताए। उनले जातीय भेदभाव र छुवाछुतजस्ता सामाजिक विकृतिको अन्त्यका लागि स्थानीय सरकार, नागरिक समाज, राजनीतिक दल तथा सम्पूर्ण समुदायको साझा प्रयास आवश्यक रहेको उल्लेख गरे।