२४ घण्टामा पृथ्वीराजमार्गमा ३ सवारी दुर्घटना, ५ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    २४ घण्टामा पृथ्वीराजमार्गमा ३ सवारी दुर्घटना, ५ जना घाइते

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८३, बिहीबार

    दमौली, १८ असार । पोखरा–मुग्लिङ सडक खण्ड (पृथ्वीराजमार्ग) मा बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मको २४ घण्टामा तीन वटा सवारी दुर्घटना भएका छन्।

    दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको उपचार जारी रहेको छ भने ३ जना उपचारपछि डिस्चार्ज भएका छन्।

    दुर्घटनाबाट ५ वटा सवारीसाधनमा क्षति पुगेको छ। क्षतिग्रस्त सवारीमा ४ वटा स्कुटरमा आंशिक क्षति र १ वटा मोटरसाइकलमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    प्रहरीले सवारी चालकलाई गति नियन्त्रणमा राख्न, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सडकको अवस्थाअनुसार सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेको छ।