तनहुँमा १७ सवारीबाट कालो स्टिकर हटाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा १७ सवारीबाट कालो स्टिकर हटाइयो

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८३, बिहीबार

    दमौली, १८ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ तथा मातहतका अस्थायी ट्राफिक प्रहरी पोस्टहरूले नियमित ट्राफिक जाँचका क्रममा १७ वटा सवारी साधनमा नियमविपरीत जडान गरिएका कालो स्टिकर हटाएका छन्।

    ट्राफिक प्रहरीले बुधबार सञ्चालन गरेको नियमित चेकिङ अभियानमा चालक तथा सवारीधनीलाई प्रचलित ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै नियमविपरीत प्रयोग गरिएका कालो स्टिकर हटाएको जनाएको छ।

    प्रहरीले सवारी साधनमा कानुनविपरीत कालो स्टिकर प्रयोग नगर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न सबैमा अनुरोध गरेको छ।