दमौलीमा दिनदहाडै चोरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा दिनदहाडै चोरी

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८३, बिहीबार

    दमौली, १८ असार । तनहुँको व्यास नगरपालिका–४ स्थित किशोर पन्तको घरमा बिहीबार दिउँसो चोरी भएको छ।

    दुई जना व्यक्ति आएकोमा एक जना घरभित्र प्रवेश गरी चोरी गरेको बताइएको छ। सिसिटिभीमा देखिए अनुसार भित्र पसेका व्यक्ति बाहिर आउँदै बाहिरको माहोल हेर्दै पुन: घरभित्र पसेका छन् ।

    घटनापछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय तनहुँमा निवेदन दिएको छ।