जेनजी आन्दोलनमा फरार शुक्लागण्डकीका एक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेनजी आन्दोलनमा फरार शुक्लागण्डकीका एक पक्राउ

    खबरपुञ्ज संवाददाता

    १८ असार २०८३, शुक्रबार

    दमौली, १९ असार । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–७ बस्ने जबरजस्ती करणी मुद्धाका अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार भएका ती व्यक्तिलाई निजकै घर वतनमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।