


दमौली, १९ असार । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाइले सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ६ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रण, अवैध मदिरा, शान्ति–सुरक्षा, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनधिकृत प्रयोग नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानमा नियन्त्रणमा लिइएकामध्ये ३ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बाँकी ३ जनालाई आफन्तको जिम्मा लगाई छाडिएको प्रहरीले जनाएकाे छ ।