जरुवा सबस्टेसन मर्मतका लागि दुई घण्टा विद्युत् सेवा अवरुद्ध हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जरुवा सबस्टेसन मर्मतका लागि दुई घण्टा विद्युत् सेवा अवरुद्ध हुने

    खबरपुञ्ज संवाददाता

    २० असार २०८३, आईतवार

    दमौली, २१ असार । नेपाल विद्युत् प्राधिकरण, तनहुँ वितरण केन्द्रले जरुवा सबस्टेसनमा आवश्यक मर्मत तथा प्राविधिक सुधार कार्य गरिने भएकाले आज आइतबार केही समयका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ।

    केन्द्रका अनुसार जरुवा सबस्टेसनको पावर ट्रान्सफर्मरमा आवश्यक मात्रामा इन्सुलेटिङ तेल थप्ने तथा खुकुला भएका नट–बोल्ट कस्ने प्राविधिक कार्य गर्नुपर्ने भएकाले बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म झापुटार सबस्टेसनबाट वितरण हुने सम्पूर्ण फिडरहरू बन्द रहनेछन्।

    उक्त कार्य सुरक्षित र गुणस्तरीय रूपमा सम्पन्न गर्न घाम लागेको समयमा नै सञ्चालन गर्नुपर्ने भएकाले निर्धारित अवधिसम्म विद्युत् सेवा स्थगित गरिने जनाइएको छ। यद्यपि, मर्मत कार्य तोकिएको समयभन्दा अगाडि सम्पन्न भएमा विद्युत् आपूर्ति पनि सोहीअनुसार छिट्टै पुनः सञ्चालन गरिने तनहुँ वितरण केन्द्रले जनाएको छ।