


दमौली, २१ असार । दमौलीका खेलप्रेमीहरूका लागि विश्वकप २०२६ को फाइनल खेल सामूहिक रूपमा हेर्ने विशेष अवसर जुटाइएको छ।
न्यु डे डेस्टिनी सेन्टर, दमौलीको आयोजनामा १०×२० फिटको विशाल एलईडी स्क्रिनमार्फत र इफेक्टिफ साउन्ड मा विश्वकप २०२६ को फाइनल खेल प्रत्यक्ष प्रसारण गरिने भएको हो।
कार्यक्रम दमौलीस्थित प्रशासन गेट (सफासडक) मा साउन ३ गते साँझ ५ बजेदेखि साउन ४ गते बिहान ३ बजेसम्म सञ्चालन हुनेछ। खेलप्रेमीहरूले आरामदायी वातावरणमा विश्वकप फाइनलको रोमाञ्चक प्रतिस्पर्धा ठूलो पर्दामा सामूहिक रूपमा अवलोकन गर्न सक्ने आयोजकले जनाएको छ।
आयोजकका अनुसार विश्वकपको फाइनललाई थप उत्साहपूर्ण र स्मरणीय बनाउने उद्देश्यले यो विशेष कार्यक्रम आयोजना गरिएको हो। दमौली तथा आसपासका सबै खेलप्रेमीलाई कार्यक्रममा उपस्थित भई विश्व फुटबलको महाकुम्भको अन्तिम प्रतिस्पर्धाको रोमाञ्च सँगै अनुभव गर्न आग्रह गरिएको छ।