मधेशी समाज तनहुँ गठन, अध्यक्षमा ब्रजेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मधेशी समाज तनहुँ गठन, अध्यक्षमा ब्रजेश

    खबरपुञ्ज संवाददाता

    २० असार २०८३, आईतवार

    दमौली, २१ असार । दमौलीमा आइतबार मधेशी समुदायको भेलाबाट मधेशी समाज तनहुँ’ गठन गरिएको छ।

    मधेशी आयोगकी सदस्य आभा कुमारी सिंहको रोहवरमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो।

    नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा ब्रजेश साह तेली, उपाध्यक्षमा परमेश्वर प्रसाद साह, मोबिन आलम, सचिवमा सुरजकुमार गुप्ता, सहसचिवमा सुनिल गुप्ता, कोषाध्यक्षमा मोतीलाल प्रसाद शाह चयन भएका छन् ।

    सदस्यहरुमा विश्वनाथ साह, विराट ठाकुर, विपीन रौनियार, मनोज गुप्ता, विशाल कुमार गुप्ता चयन भएका छन् । सल्लाहकारमा मोहन साह, नसीमुल अन्सारी, सविनाथ दास, सुनिल ठाकुर र कुमार मल्ल चयन भएका छन्।

    भेलाले तनहुँ जिल्लामा बसोबास गर्ने मधेशी समुदायबीच आपसी एकता, सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण तथा समुदायका हक–हितका विषयमा समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।