यार्सागुम्बा सहित तनहुँबाट एक जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यार्सागुम्बा सहित तनहुँबाट एक जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    २३ असार २०८३, बुधबार

    दमौली, २४ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजिपबाट प्रहरीले यार्सागुम्बा सहित एक जनालाई पक्राउ गरेको छ । मुग्लिनबाट आँबुखैरेनीतर्फ आउदै गरेको माइक्रो बसबाट प्रहरीले एक पुरुष व्यक्तिलाई यार्सागुम्बा सहित पक्राउ गरेको हो । प्रहरीले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको छैन ।

    अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा माइक्रोबसमा सवार ती व्यक्तिबाट ७३१.०३ ग्राम यार्सागुम्बा बरामद गरेको प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए । पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय दमौली बुझाइएको छ ।