


दमाैली २३ असार । लियो क्लब अफ आँबुखैरेनी सिटीको वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। क्लबको अध्यक्षमा मनोज बास्तोला चयन भएका छन् ।
त्यसैगरी प्रथम उपाध्यक्षमा विकल्प अर्याल, सचिवमा मनिष श्रेष्ठ तथा कोषाध्यक्षमा आसन गुरुङ निर्वाचित भएका छन् ।
क्लवका अध्यक्ष बास्ताेलाले आफ्नाे कार्यकालमा सामाजिक सेवा, युवा नेतृत्व विकास तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।