दमौलीमा ‘रिमै कलेक्सन’ शुभारम्भ, ३० प्रतिशतसम्म छुटको व्यवस्था
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा ‘रिमै कलेक्सन’ शुभारम्भ, ३० प्रतिशतसम्म छुटको व्यवस्था

    खबरपुञ्ज संवाददाता

    २३ असार २०८३, बुधबार

    दमौली, २४ असार । व्यास नगरपालिका–२, न्युरोडमा नयाँ क्लोथिङ स्टोर रिमै कलेक्सन’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। एक विशेष समारोहबीच ब्यास नगरपालिका–४ का वडा अध्यक्ष मनबहादुर गुरुले रिबन काटेर स्टोरको उद्घाटन गरेका हुन् ।

    स्थानीय बजारमा विशेषगरी आदिवासी जनजाति समुदायका परम्परागत तथा आधुनिक पहिरनप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै गुणस्तरीय, आकर्षक र सहज मूल्यका कपडाहरू उपलब्ध गराउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको सञ्चालकले जानकारी दिएका छन्।

    उद्घाटनको अवसर पारेर ग्राहकलाई विशेष उपहारस्वरूप स्टोरमा उपलब्ध विभिन्न प्रकारका कपडामा २० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। सीमित अवधिसम्म लागू रहने यो अफरले ग्राहकलाई गुणस्तरीय कपडा किफायती मूल्यमा खरिद गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

    कार्यक्रममा तमुह्युल छोंज धीँ जिल्ला अध्यक्ष देवबहादुर गुरुङ, जिल्ला सचिव श्रावण गुरुङ, कोषाध्यक्ष रणबहादुर गुरुङ, जिल्ला सल्लाहकार पन्छ गुरुङ, तमुस्यो ह्युलका केन्द्रीय सदस्य सबिना गुरुङ, व्यास नगर तमु सुधार समाजका अध्यक्ष गिरबहादुर गुरुङ, गुरुङ फिल्म एसोसिएसन नेपालका केन्द्रीय सदस्य टार्जन गुरुङ लगायत सहभागी थिए ।