तनहुँमा तीन दिन राहदानी सेवा बन्द हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा तीन दिन राहदानी सेवा बन्द हुने

    खबरपुञ्ज संवाददाता

    २४ असार २०८३, बिहीबार

    दमाैली २५ असार । जिल्ला प्रशासन कार्यालय तनहुँले राहदानी विभागको नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारीका कारण तीन दिन राहदानी सेवा बन्द रहने जनाएको छ।

    कार्यालयले सूचना जारी गर्दै असार २४ देखि २६ गतेसम्म राहदानी सेवा स्थगित रहने जानकारी दिएको हो।

    राहदानी विभाग, त्रिपुरेश्वर काठमाडौंको मिति २०८३ असार १९ को पत्रअनुसार २०८३ असार २९ (जुलाई १३, २०२६) देखि नयाँ राहदानी प्रणाली कार्यान्वयनमा आउने तयारी भइरहेकाले उक्त अवधिमा सेवा बन्द गर्न लागिएको प्रशासनले जनाएको छ।

    प्रशासनले राहदानीका लागि आवेदन दिई ‘एप्लिकेसन रिजेक्ट’ भई पुनः आवेदन गर्न सन्देश प्राप्त गरेका सेवाग्राही तथा नयाँ राहदानी बनाउन इच्छुक सबैलाई २०८३ असार २३ गते कार्यालय समयभित्र उपस्थित भई सेवा लिन आग्रह गरेको छ।

    कार्यालयले असार २९ गतेदेखि राहदानी आवेदनसम्बन्धी सेवा पुनः नियमित रूपमा सञ्चालन हुने पनि जनाएको छ।

    May be an image of text