


दमाैली, २५ असार । व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुलबाट हाम फालेकी एक महिलाको दुई घण्टापछि उद्धार गरिएको छ । आज राति ८ः१५ बजे एक महिलाले पुलबाट हाम फालेकामा राति १०ः१५ बजे उद्धार गरिएको हो ।
नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा ती महिलाको उद्धार गरिएको हो । महिलाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
ती महिलाको चप्पल पुलको माथि भेटिएको थियो । पुलबाट हाम फालेकी ती महिलालाई केही क्षणमै एक जना प्रहरीले नदीमा गएर बचाएका थिए । त्यसपश्चात् नदीको बीच भागमा प्रहरीको सहयोगमा बसेकी उनको सेनाले बोटमार्फत् उद्धार गरेको हो ।