सडक खाल्डाखुल्डी भएपछि युवाले गरे श्रमदान, नाइन्टिज क्लबद्वारा सडक मर्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सडक खाल्डाखुल्डी भएपछि युवाले गरे श्रमदान, नाइन्टिज क्लबद्वारा सडक मर्मत

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८३, शनिबार

    दमौली, २७ असार । व्यास नगरपालिका–५ स्थित साँगे बरबोटे क्षेत्रमा शनिबार स्थानीय युवाले श्रमदानमार्फत सडक मर्मत गरेका छन्।

    सडकमा खाल्डाखुल्डी बढ्दै गएपछि आवतजावतमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिम बढेको भन्दै नाइन्टिज क्लबका सदस्यहरू स्वयं अग्रसर भएर सडक मर्मत कार्यमा जुटेका हुन्। क्लबका सदस्यहरूले खाल्डा पुर्ने, सडक सम्याउने तथा सवारीसाधन सञ्चालनलाई सहज बनाउन श्रमदान गरेका थिए।

    स्थानीयवासीका अनुसार वर्षायामका कारण सडक थप जीर्ण बन्दै गएको र सम्बन्धित निकायबाट तत्काल मर्मत हुन नसकेपछि युवाहरूले आफ्नै पहलमा सडक सुधारको अभियान थालेका हुन्। यसबाट स्थानीय बासिन्दा तथा दैनिक रूपमा सडक प्रयोग गर्ने यात्रुले केही राहत महसुस गरेका छन्।

    क्लबका सदस्यहरूले सडकको दीर्घकालीन स्तरोन्नतिका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका छन्। स्थानीयवासीले पनि युवाहरूको सामाजिक उत्तरदायित्व र सक्रियताको प्रशंसा गर्दै यस्ता अभियानले समुदायमा सकारात्मक सन्देश दिएको बताएका छन्।