अवैध ढुंगा उत्खननमा संलग्न जेसिबी र ट्र्याक्टर नियन्त्रण, ३२ हजार रुपैयाँ जरिवाना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अवैध ढुंगा उत्खननमा संलग्न जेसिबी र ट्र्याक्टर नियन्त्रण, ३२ हजार रुपैयाँ जरिवाना

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८३, शनिबार

    दमौली, २७ असार । तनहुँ प्रहरीले अवैध रूपमा प्राकृतिक स्रोत–साधन उत्खननमा संलग्न एक जेसिबी र एक ट्र्याक्टर नियन्त्रणमा लिएर कारबाही गरेको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार असार २६ गते इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले बन्दीपुर गाउँपालिका–५ ढाडगाउँस्थित बन्दीपुर–धरमपानी भित्री सडक खण्डमा अवैध रूपमा ढुंगा उत्खनन भइरहेको अवस्थामा ती सवारीसाधन नियन्त्रणमा लिएको हो।

    नियन्त्रणमा लिइएका जेसिबी र ट्र्याक्टरलाई आवश्यक कारबाहीका लागि बन्दीपुर गाउँपालिकाको कार्यालय पठाइएको थियो। गाउँपालिकाले जेसिबीलाई २० हजार रुपैयाँ र ट्र्याक्टरलाई १२ हजार रुपैयाँ गरी कुल ३२ हजार रुपैयाँ जरिवाना गरेपछि सवारीसाधन छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए।

    प्रहरीले प्राकृतिक स्रोत–साधनको अवैध उत्खनन तथा दोहनविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।