महिला र अपाङ्गता भएका व्यक्तिका नाममा घर नक्सा पास गर्दा १० प्रतिशत छुट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महिला र अपाङ्गता भएका व्यक्तिका नाममा घर नक्सा पास गर्दा १० प्रतिशत छुट

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८३, शनिबार

    दमाैली २७ असार । व्यास नगरपालिकाले महिला तथा अपाङ्गता भएका व्यक्तिका नाममा घर नक्सा पास गर्दा लाग्ने दस्तुरमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ।

    शनिबार सम्पन्न नगरपालिकाको ४५औँ नगरसभाको दोस्रो बैठकले महिलाहरू तथा क, ख र ग वर्गका अपाङ्गता भएका व्यक्तिहरूका नाममा घर नक्सा पासका लागि आवेदन परेमा लाग्ने दस्तुरमा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो।

    नगरपालिकाका प्रवक्ता सुरेश थापाका अनुसार उक्त निर्णयले महिलाको सम्पत्ति स्वामित्वलाई प्रोत्साहन गर्नुका साथै अपाङ्गता भएका व्यक्तिलाई सहुलियत प्रदान गर्ने उद्देश्य राखेको छ। नगरसभाबाट पारित निर्णय आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने जनाइएको छ।