मर्स्याङ्दी किनारको ढुङ्गाको खोंचमा बेवारिसे शव फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मर्स्याङ्दी किनारको ढुङ्गाको खोंचमा बेवारिसे शव फेला

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८३, सोमबार

    दमौली, २९ असार । तनहुँको भानु नगरपालिका–१० स्थित सारङ्गे बगरमा मर्स्याङ्दी नदी किनारको ढुङ्गाको खोंचमा अड्किएको अवस्थामा एक अज्ञात पुरुषको शव फेला परेको छ।

    स्थानीयले सोमबार नदी किनारबाट करिब ५–६ मिटर तल ढुङ्गाको खोंचमा शव अड्किएको देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए।

    स्थानीयका अनुसार मृतकको उमेर अन्दाजी ४० देखि ४२ वर्षको रहेको र शव पूर्ण रूपमा फुलिसकेको अवस्थामा थियो। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।

    सूचना प्राप्त हुनासाथ भानुस्थित मनकामना गणबाट प्रहरी निरीक्षक ध्रुव केसीको कमाण्डमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा परिचालन भएको थियो। अप्ठ्यारो भौगोलिक अवस्थाबीच ढुङ्गाको खोंचमा अड्किएको शवलाई टोलीले सुरक्षित रूपमा बाहिर निकालेको जनाएको छ।

    उद्धार गरिएको शवलाई आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको मनकामना गणले जनाएको छ।

    घटनाको प्रकृति, मृत्युको कारण तथा मृतकको पहिचान खुलाउने विषयमा इलाका प्रहरी कार्यालय भानुले थप अनुसन्धान अघि बढाएको छ।