भारी वर्षापछि यात्रा गर्दा सतर्कता अपनाउन तनहुँ प्रहरीको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भारी वर्षापछि यात्रा गर्दा सतर्कता अपनाउन तनहुँ प्रहरीको आग्रह

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८३, सोमबार

    दमौली, २९ असार । अविरल वर्षाका कारण तनहुँ जिल्लाका विभिन्न सडक खण्ड जोखिमपूर्ण बनेका छन्।

    यस अवस्थालाई मध्यनजर गर्दै तनहुँ प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्नै परे सम्बन्धित सडकको अवस्था यकिन गरेर मात्र सावधानीपूर्वक सुरक्षित रूपमा यात्रा गर्न पनि अनुरोध गरिएको छ।

    प्रहरीका अनुसार लगातारको वर्षाले पहिरो, सडक भासिने, ढुंगा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो।