


दमाैली ३० असार । लियो क्लब अफ दुलेगौंडा खैरेनीटार सिटीले जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । क्लबले यहीँ साउन १ र २ गते अण्डर १३, अण्डर १९ र छात्रातर्फको अण्डर १९ ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको हो ।
हरेक विधामा प्रथम हुनेले नगद ५ हजार, द्वितीयले ३ हजार र तृतीय नगद २ हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । विद्यार्थीमा खेल भावनाको विकास गराउदै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका संयोजक प्रविन श्रेष्ठले बताए ।
उनका अनुसार प्रतियोगितामा जिल्ला भित्रका करीब ७० विद्यार्थी सहभागी हुने छन् । लियो क्लबका अध्यक्ष भैरव आलेको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा क्लबका पूर्व अध्यक्ष विवेक वाग्ले, खेलका निर्णायक प्रताप राना, कोषाध्यक्ष कामना पोख्रेल लगायतको उपस्थिति रहेको थियोे भने कार्यक्रम सञ्चालन कृष्ण कार्कीले गरेका थिए ।