


दमौली, १६ साउन । व्यास नगरपालिका–१ स्थित नव आदर्श टोल विकास संस्थाको पाँचौं अधिवेशन तथा वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष बद्रीनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन व्यास नगरपालिका–१ का वडा अध्यक्ष रमेशचन्द्र हड्खलेले गरेका थिए ।
अधिवेशनले सृजना केसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा रामकाजी सिलवाल, सचिवमा रनबहादुर गुरुङ, कोषाध्यक्षमा प्रेमप्रसाद पौडेल तथा सदस्यहरूमा सरोज लौडारी, शर्मिला थापा, पूर्णिमा खड्का, विष्णु भुजेल, सुष्मा सिलवाल, कमला हड्खले र हुमलाल सुनार चयन भएका छन्।
निर्वाचन संयोजक अधिवक्ता डम्बरदेव हड्खलेका अनुसार नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो।